Share:

Share on facebook
Share on twitter
Share on linkedin
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चिनियाँ एपहरु टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउन कार्यकारी आदेश

श्रावण २३, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपहरु टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अब ४५ दिनपछि अमेरिकामा टिकटक र विच्याटमाथि प्रतिबन्ध लाग्नेछ । ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितको लागि यो निर्णय आवश्यक रहेको बताएका छन् । ट्रम्पले अमेरिकामा विच्याटमाथि पनि प्रतिबन्धको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । विच्याटको मातृ कम्पनी टेन्सेन्ट हो । ट्रम्पको यो आदेशसँगै टेन्सेन्टको शेयरको मूल्य पनि घटेको छ । ट्रम्पले अमेरिकामा चिनियाँ कम्पनीले निर्माण गरेको मोबाइल एपको विस्तारसँगै अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रमा खतरा उत्पन्न भइरहेको बताएका छन् ।

ताजा अपडेट