Share:

Share on facebook
Share on twitter
Share on linkedin
इजरायलमा फेरि लकडाउन गरियो

भदौ २९, कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले एकपटक फेरि देशभर लकडाउन घोषणा गरेको छ । यसअनुसार यहुदी नयाँ वर्षको समयमा कडा प्रतिबन्ध लागु हुने बीबीसीले जनाएको छ । इजरायल सरकारले शुक्रबारबाट दोस्रो चरणको लकडाउन सुरु गर्ने निर्णय गरेको छ । यो लकडाउन तीन हप्तासम्म चल्ने बताइएको छ । इजरायलमा हाल दैनिक चार हजार सक्रिय संक्रमित फेला पर्दै आएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार करिब ९० लाख जनसंख्या रहेको इजरायलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सयभन्दा बढी पुगेको छ । यसैगरी १ लाख ५३ हजारभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ । हाल संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ ।

ताजा अपडेट