Share:

Share on facebook
Share on twitter
Share on linkedin
इटलीमा ६ महिना पछि विद्यालय खुले

भदौ ३०, ६ महिना लकडाउनपछि इटालीमा विद्यालयहरु खुलेका छन् । इटालीको २० मध्ये १३ प्रान्तका विद्यालयहरु खुलेका हुन् । यससँगै इटालीका ५६ लाख विद्यार्थीहरु विद्यालयमा फर्किएका छन् । बाँकी सात प्रान्तमा भने एक सातापछि मात्र विद्यालयहरु खुल्ने बताइएको छ । कोरोना भाइरस (कोभिड१९) को महामारी नियन्त्रणको लागि गत मार्चको शुरुमा इटालीले सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म इटालीमा करिब ३५ हजार पाँच सयको मृत्यु भइसकेको छ । युरोपेली संघ (ईयू)मा मृतक संख्याको आधारमा इटाली कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । साथै पछिल्लो समय नयाँ संक्रमितको संख्या बढ्नुले इटालीमा कोरोना भाइरसको दोस्रो लहरको आशंका बढेको छ ।

ताजा अपडेट