Share:

Share on facebook
Share on twitter
Share on linkedin

जेठ ८ गते : एकै दिन विश्वभरका १ लाख ६ हजार मानिस कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित भएका छन् । यो एकै दिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो । विश्व स्वास्थ्य संगठन डब्ल्यू एच ओ) का महानिर्देशक टेड्रोस अधानम गेब्रेयेसुुसले बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको जनाएका छन् । नयाँ संक्रमितमध्ये दुई तिहाइ संक्रमित अमेरिका, रुस, ब्राजिल र भारतका छन् । डब्लुएचओले अझै पनि लामो यात्रा तय गर्न बाँकी रहेको बताउँदै निम्न र मध्यम आय भएका मुलुकमा यो भाइरसको महामारी फैलिनु चिन्ताको विषय रहेको बताएका छन् । अहिले दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिरहेको छ ।

 

ताजा अपडेट