Share:

Share on facebook
Share on twitter
Share on linkedin
एकै पटक २७ स्वास्थ्यकर्मी संक्रमित

असोज १५, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । बुधबार अस्पतालका ५२ जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा आधा भन्दा बढी अर्थात २७ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै बुधबार नै गरिएको परीक्षणमा भर्ना भएका पाँच जना बिरामीमा पनि कोराना संक्रमण देखिएको छ । ठूलो संख्यामा एकैपटक स्वास्थ्यकर्मी र बिरामी संक्रमित भएपछि प्रतिष्ठानले अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ । अस्पतालका बाँकी रहेका स्टाफ र बिरामीको पनि पीसीआर जाँच गर्ने बताएको छ ।

ताजा अपडेट