Share:

Share on facebook
Share on twitter
Share on linkedin
एकै साता २ स्वास्थ्यकर्मीको मृत्यु

असोज १६, यस हप्ता कोरोना संक्रमणबाट नेपालमा सरकारी सेवामा कार्यरत दुई जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बरिष्ठ अर्थोपेडिक सर्जन डा हरिप्रसाद सापकोटा (५८) र सीअहेव रामसिकिल प्रसाद साह (५८)को चार दिनको अन्तरमा निधन भएको हो । कोरोेना संक्रमणमा परेका बरिष्ठ अर्थोपेडिक सर्जन डा हरिप्रसाद सापकोटाको विहीबार दिउसो ३:१० बजे मृत्यु भएको हो । डा सापकोटा मात्र नभइ यो साता सरकारी सेवामा कार्यरत अर्का स्वास्थ्यकर्मीको पनि कोरोना संक्रमणबाट मुत्यु भएको छ । पर्सा जिल्लाको जगरनाथपुर गाँउपलिकाको स्वास्थ्य शाखामा कार्यरत रामसिकिल प्रसाद साहको ५८ बर्षको उमेर गत १२ असोजका दिन काठमाडौँमा निधन भएको हो । यसरी १ हप्ता भित्र २ जना स्वास्थ्कर्मीले ज्यान गुमाएकाले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम कोरोना संक्रमणको अवस्था झन जटिल मोडतर्फ सोझिएको भन्दै स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणलाई सचेतता र सुरक्षित भएर आफ्ना कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभएको छ । उहाँले महामारीको यो समयमा कोरोना संक्रमणलाई ख्याल ठट्टाको रुपमा नलिन समेत आग्रह गर्नुभएको छ ।

ताजा अपडेट