Share:

Share on facebook
Share on twitter
Share on linkedin
blood donation required

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले काठमाडौँमा यो हप्ता देखि रगतको अभाव भएकोले  रक्तदान गर्न आव्हान गरेको छ । सवैको सहयोगले पर्याप्त स्टक भएको कारण दशैँको समयमा रगत अभाव नभएपनि दशै पछि रक्तदान कार्यक्रम घटेकोले अभाव बढेको  हो ।

नेपालीहरुको चाड दशैं भरखरै सकिएको तथा तिहार र छठ लगायतका पर्वको समय आइरहेको यस्तो समयमा  कलेजहरु समेत बन्द भएको र रक्तदान कार्यक्रमहरु पनि कम भएकोले अहिले  रगतको माग बमोजिम आपूर्तिमा कठिनाई परेको रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो : “डेंगु लगायत विभिन्न रोगबाट प्रभावित बिरामीहरुको लागी रगतको माग छ, यस्तोमा विरामीका आफन्तहरुलाई अनुरोध गरेर रक्तदान गर्न भनिरहेका छौँ ।”

रक्त सञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठका अनुसार अहिले सेवा केन्द्रको कालिमाटी कार्यालयमा दैनिक औषतमा ३०० यूनिट रगतको माग भै आएको छ, तर आपूर्ति गर्न कठिनाई भइरहेको छ । निर्देशक मनिता राजकर्णिकारले सकेसम्म धेरै संघ
संस्थासँग रक्तदान कार्यक्रमको लागि पहल गरिरहेको जानकारी दिनुभयो । सम्पूर्ण रक्तदान गर्ने संघ संस्थाहरुलाई दैनिक रुपमा रक्तदान कार्यक्रम आयोजनाको लागि  उहाँले आव्हान गर्नुभयो । ललितपुरको रक्तसञ्चार केन्द्रमा पनि रगतको अभाव भइरहेको शाखाका सभापति बाबुराजा महर्जनले जानकारी दिनुभयो ।

*रगत नपाए भक्तपुर जानु :*
रक्त सञ्चारको भक्तपुर शाखाले भने रगत नपाए भक्तपुर जानु अभियान चलाइरहेको छ । भक्तपुर शाखाका सभापति मनोज थापाले  भन्नुभयो “ छिमेकी जिल्लाहरु र स्थानीय संघ संस्थाबाट पनि आपूर्तिको व्यवस्था गरिरहेका छौँ । विरामीहरुका आफन्तले अस्पतालको पूर्जि ल्याएपछि स्थानीय डोनरहरुको नेटवर्कलाई अनुरोध गरेर पनि व्यवस्था गरिरहेका छौँ ।”

ताजा अपडेट