Share:

Share on facebook
Share on twitter
Share on linkedin

नेपालको एकमात्र कैदीबन्दीको उपचार गर्ने कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ । मुलुककै सबैभन्दा ठूलो कारागार केन्द्रीय कारागार सुन्धारा परिसरमा रहेको कारागार अस्पतालले असोजदेखि विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो । विसं १९७१ मा केन्द्रीय कारागार जगन्नाथदेवलको स्थापना भए पनि स्वास्थ्य सेवा भने २०२० सालदेखि प्रदान गर्दै आएको हो । २०२० सालमा एक कोठाबाट कैदीबन्दीको स्वास्थ्य चेकजाँच गरे पनि २०६८ सालदेखि १५ श्ययाको अस्पतालमार्फत सेवा प्रदान गरिएको थियो । गत वर्ष ३० श्ययाको अस्पतालका रूपमा स्तरोन्नति गरिएको उक्त अस्पतालले श्ययाको स्तरोन्नतिसँगै सेवासमेत थप गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सचिन यादव कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा विस्तार गरिएको बताउनुभयो । कारागार अस्पतालले हाल बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, छालारोग, आँखा, मनोरोग, क्षयरोग, कुष्ठरोग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

ताजा अपडेट