Share:

Share on facebook
Share on twitter
Share on linkedin

जेठ ८ गते : कोभिड १९ लाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा आकर्षण देखिएको छ । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् । निर्जीवन बिमा कम्पनीहरूका सीईओहरूको संगठन निर्जीवन बिमक संघका अध्यक्ष दीप प्रकाश पाण्डले दिएको जानकारी अनुसार १ लाख ३० हजार व्यक्तिको बिमाबाट ७ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको छ । बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो । समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ । र उतm बिमा समितिको पोलीसी अनुसार सगरमाथा इन्सुरेन्सले समेत कोरोना बिमा सन्चालन गर्दै आएको छ । परिवार वा स्थाको बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि प्रति व्यतिm ६ सय रुपैयाँ र  व्यतिmगत बिमा गर्नकालागी १ लाखकालागी १ हजार रुपैयाँ रकम तिर्नुपर्ने पोलीसी बनाएको छ ।  कोरोना बिमाको समयावधी १ बर्ष सम्म रहेको सगरमाथा इन्सुरेन्स कम्पनीका बजार  प्रतिनिधि सुमान्त मान श्रेष्ठको भनाई रहेको छ ।

ताजा अपडेट