Share:

Share on facebook
Share on twitter
Share on linkedin
कोरोना बिमाको मापदण्ड संशोधन

भदौ ३०, बीमा समितिले कोरोना बीमाको मापदण्ड सोमबार संशोधन गरेको छ । अब नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ प्रतिशतसम्म दिइने बताइएको छ । समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउने छन् । बीमा समितिले उक्त मापदण्ड संशोधन गर्दै एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँमात्रै पाउने व्यवस्था गरेको छ । तर बीमा गरेको व्यक्ति अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा भने बिल भर्पाई पेश गरेर थप ७५ हजार रुपैयाँ पाउने संशोधित व्यवस्थामा उल्लेख गरिएको छ ।

ताजा अपडेट