Share:

Share on facebook
Share on twitter
Share on linkedin
ePass system nepal

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई पास खारेज गरेको छ । मंगलबार मात्र कोरोना भाइरस कोभिड( १९) का थप ८३ तिरासी संक्रमित भेटिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खुकुलो भएकोमा असन्तुष्टि जनाउनुभएको थियो । लगतै गृह मन्त्रालयले सबै जिल्लालाई परिपत्र गर्दै जेठ १ गतेबाट लागू हुने गरी सबै पार खारेज गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका उप सचिव उमाकान्त अधिकारीले अब एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था आएमा उपत्यका बाहिरका जिल्लाहरुको हकमा पुग्ने जिल्लाबाट प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्ने समेत बताउनुभएको छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागले जारी गरेको पासबाट मात्र आवतजावत गर्न दिइने गृह मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन

गत जेठ १ देखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदानेका ४१ बर्षिय पुरुषको आज विहान ज्यान भए सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ

पत्रकारलाई पनि संक्रमण

वीरगन्जमा दुई जना पक्रकारमा संत्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ