Share:

Share on facebook
Share on twitter
Share on linkedin
घरमै बसेर कर तिर्न सकिने

भदौ ३०, काठमाडौं महानगरपालिकाले घरमै बसेर कर तिर्न सकिने प्रणाली सञ्चालनमा ल्याउने भएको छ । असोज १ गतेबाट राजस्व प्रणालीलाई अनलाइनमार्फत भुक्तानी हुने प्रणाली थालनी गर्न लागिएको हो । वडामा कर तिर्ने करदाताले यो प्रणालीबाट आफूले बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुरको प्रारम्भिक मूल्यांकन आफैं र घरमै बसेर कर तिर्न सक्ने छन् । उक्त प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटर्फम हुने छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर जनसाधारण सबैका लागि उपयोग गर्न मिल्ने खालका छन् । साइट खोलेर करदाताले यसैका फिचर प्रयोग गरेर आफ्नो व्यवसाय, घरजग्गा वा अन्य करको प्रारम्भिक मूल्याङ्कन आफैं गर्न सक्ने छन् भने आफूले कति कर तिर्नुपर्छ भन्ने करदातालाई थाहा हुने समेत बताइएको छ । यो विवरण फरवार्ड गरेपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मूल्यांकनलाई अप्रुभल दिने छन् । यसपछि करदाताले आफूसँग भएका अनलाइन पेमेन्ट सिस्टमबाट वा वडामा गएर कर दाखिला गर्न सक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

ताजा अपडेट