Share:

Share on facebook
Share on twitter
Share on linkedin
चाडपर्वका लागि सुपथ मुल्य पसल सन्चालनमा

असोज १५, सरकारले बिहीबारबाट दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालनमा ल्याएको छ । उक्त पसलबाट अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने बताइएको छ । उक्त पसल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो । केही रुपैयाँ छुटसहित दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुने बताइएको छ । काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगलमा र ललितपुर त्यस्तै गरि भक्तपुरलगायत १६ स्थानमा सुपथ मूल्य पसल खोलिएको छ । उपत्यका बाहिर भने बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहान लगायतका सहरहरुका ६५ स्थानमा सुपथ पसल सञ्चालन हुने छन् । उक्त बसलमा अन्य पसलको भन्दा केही मात्रामा सुपथ मुल्यमा सामानहरु विक्री गरिने पनि बताइएको छ ।

ताजा अपडेट