Share:

Share on facebook
Share on twitter
Share on linkedin
चुरोत सेवनकर्ता घटे पनि मधिरा सेवन कर्ता बढ्दै

असोज १५, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार नेपालमा नसर्ने रोग सम्वन्धी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण) २०२० सार्वजनिक गरेको छ । उक्त सर्वेक्षणका अनुसार पछिल्लो ६ बर्षको अवधीमा नेपालमा धूमपान प्रयोगकर्ता घटेका छन् भने यहि अवधीमा मदिरा सेवनकर्ता भने बढेका छन् । देशभरका १५ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुमा गरिएको उक्त सर्वेक्षणमा ५ हजार ५९३ जना सहभागी भएका थिए । सर्वेक्षण अनुसार सन् २०१३ मा नेपालमा सूर्तिजन्य पदार्थ सेवन कर्ता ३०.७ प्रतिशत थिए । तर २०१९मा गरिएको सर्वेक्षणले नेपालमा सूर्तिजन्य पदार्थ सेवनकर्ता २८.९ प्रतिशत रहेको देखाएको छ । सन् २०१९ मा आउँदा धूमपान प्रयोगकर्ता १७.१ प्रतिशत रहेको छ । तर यो अवधीमा धूमपानको सेवनकर्तामध्ये पुरुषको संख्या बढेको र महिलाको संख्या घटेको छ । नसर्ने रोगको कारक तत्व मानिने मदिराजन्य पदार्थ (अल्कोहल) प्रयोगकर्ता यो छ वर्षको अवधीमा बृद्धि भएको पाइएको छ । सर्वेक्षणका अनुसार सन् २०१३ मा १७.४ प्रतिशतले अल्कोहल सेवन गर्दथे भने सन् २०१९ मा सेवनकर्ताको प्रतिशत बढेर २०.८ प्रतिशत पुगेको छ । यो अवधीमा पुरुष र महिला दुबै सेवकर्ताको प्रतिशत बढेको छ । यस सर्वेक्षणबाट प्राप्त जानकारी अनुसार नेपालमा केहि वर्ष यता नेपालमा चुरोट सेवनकर्ताहरु घटेपनि मधिरा सेवनकार्ताहरु भने घटेका छन् ।

ताजा अपडेट