Share:

Share on facebook
Share on twitter
Share on linkedin

नेपालका अस्पतालमा उपचारका क्रममा मानिसको मृत्यु हुने र चिकित्सकको लापर्वाहीले विरामीको मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै आन्दोलन हुने गरेका छन् । तर चिकित्सकलाई कारबाही भएको भने पाइँदैन । तर नाक, आँखा र टाउकोको भाग बिना नै एकजना बच्चा जन्मिएपछि प्रसुतीसम्बन्धी एकजना पोर्चुगलका चिकित्सक निलम्बनमा परेका छन् । रोड्रिगो नामक शिशुका आमाबुवालाई यो महिनाको सुरुमा आफ्नो छोरा नजन्मिँदासम्म उसमा थुप्रै शारीरिक दुर्बलता होला भन्ने थाहै थिएन । हेलचक्य्राइँको आरोप लागेपछि प्रसुतीसम्बन्धी डाक्टर आर्तर कारभालोलाई निलम्बन गर्न त्यहाँको मेडिकल काउन्सिलका अधिकारीहरूले निर्णय गरेका थिए । यो घटना बाहिर आएपछि बच्चाहरूको उपचारमा भएका लापरबाहीबारे एक दशकभन्दा लामो समयदेखिका उजुरीहरू रहेको पनि खुलेको छ । पोर्चुगलका मिडियाहरूले पेस गरेका त्यस्ता उजुरीको विवरणले व्यापक रूपमा आक्रोश निम्त्याएको छ । डाक्टर कारभालोले आफूमाथिका कुनै पनि आरोपबारे सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छैनन् । राजधानी लिस्बनबाट ४० किलोमिटर दक्षिणमा पर्ने एक अस्पतालमा रोड्रिगोको ७ अक्टोबरमा जन्म भएको थियो । रोड्रिगोका आमाले गर्भवती भएका बेला डाक्टर कारभालोको निजी क्लिनिकमा तीनपटक अल्ट्रासाउण्ड गराएकी थिइन् । तर गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे डाक्टरले केही पनि भनेका थिएनन् । त्यसपछि रोड्रिगोकी आमाले आफू ६ महिनाको गर्भवती हुँदा चौथोपटक अर्कै क्लिनिकमा उच्चस्तरको ’फाइभ डी’ अल्ट्रासाउण्ड गराएकी थिइन् । उक्त जाँचमा भने बच्चामा केही दुर्बलता हुनसक्ने विषय उठाइएको थियो । तर त्यसबारे डाक्टर कारभालोलाई सोध्दा उनले त्यसलाई त्यति ठूलो समस्या नभएको बताएका थिए । दुईसाताभन्दा बढी भइसक्दा पनि अस्पतालको हेरचाहमा उनी जीवित नै छन् । उनका आमाबुवाले पोर्चुगलको अभियोजनकर्ताको कार्यालयमा डाक्टर कारभालोविरुद्ध उजुरी दिएको बताइएको छ । ती डाक्टरले अनुसन्धान जारी रहँदासम्म आफूले गर्दै आएको काम स्थगित गर्न सहमति जनाएका छन् । आरोपित डाक्टरको निलम्बनले गर्भवती महिलालाई कुनै प्रकारले मद्दत गर्ने आशा गरेको काउन्सिलले बताएको छ ।

ताजा अपडेट