असोज १६, डा गोविन्द केसीले सुरु गर्नुभएको १९ औं सत्याग्रह स्थगित गर्न सरकारले आग्रह गरेको छ । मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सो आग्रह गर्नुभएको हो । उहाँले डा केसीलाई अनसन स्थगित गरी कोरोनाविरुद्धको अभियानमा जुटन समेत अनुरोध गर्नुभएको छ । सरकारले डा केसीले विगत देखि उठाएका अधिकांश माग पुरा भएर कार्यान्वयनमा गईसकेको बताएको छ । कतिपय कार्यान्वयनमा जाने क्रममा रहेको पनि जानकारी गराएको छ । सरकारले चिकित्सा शिक्षा सम्वन्धी ऐन बनाउनुका साथै त्यसको आधारमा आयोग बनाएको र आयोगले काम गरिसकेको समेत बताइएको छ । त्यस्तैगरी गत आर्थिक बर्षमा हामीले ७५ प्रतिशत सिटमा छात्रबृत्ति दिने व्यवस्था कार्यान्वयनमै ल्याएको कुरा सरकारका प्रवक्ता प्रदीव ज्ञावलीले बताउनु भएको छ । सतै प्रदेशमा मेडिकल कलेज स्थापना गर्नु पर्नेमा पनि कुनै प्रदेशमा स्थापना भई सकेको र कुनै प्रदेशमा बन्दै गरेको समेत सरकारले जानकारी गराएको छ । त्यस्तैगरी हाल देशमा कोरोना महामारी रहेको र यस्तो समयमा सबै जना मिलेर कोरोनालाई जित्न तर्फ लाग्नुमा सरकारले जोड दिदै हाल जारी रहेको सत्याग्रह तोड्न डा. गोबिन्द के.सीलाई आग्रह गरिएको छ ।
डोनाल्ड दम्पती कोरोना संक्रमित
असोज १६, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना संक्रमण देखिएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार