Share:

Share on facebook
Share on twitter
Share on linkedin
डा. के.सीलाई जबरजस्ती ट्रमा लगियो

असोज ६, त्रिवि शिक्षण अस्पतालमा अबको अनसन गर्न जाने भन्दै आउनु भएको डा. गोविन्द के सीलाई इच्छा बिपरीत राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उहाँलाई अहिले ट्रमाको आकस्मिक कक्षमा राखिएको छ । तर डा केसीले भने आफूलाई जवरजस्ती ट्रमा लगिएको भन्दै आपत्ति जनाउनु भएको छ । ट्रमा पुगेर एम्बुलेन्सबाट झर्न नमान्नु भएको केसीलाई प्रहरीले जवरजस्ती झारेका थियो । सो क्रममा प्रहरीसंग सामान्य भनाभन समेत परेको थियो । यता ट्रमाका निर्देशक डा सन्तोष पौडेलले डा केसी अस्पतालको आकस्मिक कक्षमा रहेको भन्दै उहाँको उपचार व्यवस्था कसरी मिलाउने भनेर छलफल भइरहेको बताउनुभएको छ । उहाँले आफूसहित वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी, मेडिसिन विभागका प्रमुख, आइसीयू विभागका प्रमुख सहितको टोलिले उपचार व्यवस्था कसरी मिलाउने भन्ने बारेमा छलफल गरिरहेको जानकारी दिनुभएको छ । ट्रमा र विर अस्पतालको प्रसासनले भने त्रि.वि मा कोरोना संक्रमितहरुलाई राखिएकाले डा. गोविन्द के.सीलाई ट्रमा सेन्टरमा राखिएको बताइएको छ ।

ताजा अपडेट