Share:

Share on facebook
Share on twitter
Share on linkedin
डेरामा बस्नेलाई पिसिआर गर्न नलगाउन महानगरपालिकाको आग्रह

असोज १६, काठमाडौं महानगरपालिकाले घरधनीहरूलाई डेरामा बस्नेको पिसिआर परीक्षणमा दवाव नदिन आग्रह गरेको छ । महानगरभित्रका घरमा डेरा गरी बस्नेलाई घर धनीले अनिवार्य पिसिआर परीक्षण गर्न र रिपोर्ट देखाउन आग्रह गरेको गुनासो आएको भन्दै महानगरले त्यसो नगर्न भनेको हो । औद्योगित प्रतिष्ठानहरूमा कार्यरत श्रमिक कर्मचारीलाई समेत काम गर्न आउँदा अनिवार्य परीक्षण गर्न लगाउने भन्ने गुनासो आएको भन्दै महानगरले त्यसो नगर्न अनुरोध गरिसकेको उल्लेख गरेको छ । कोरोना भाइरसको प्रभाव देखिन ५ दिन लाग्ने र संक्रमित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका विभिन्न निजी वा स्वास्थ्य क्लिनिकबाट पिसिआर परीक्षण हुने व्यवस्थासमेत मिलाइएको महानगरको भनाइ छ । हाल काठमाडौं उपत्यकाभित्रका घरधनीले डेरामा बसोबास गर्नेलाई अनिवार्य पिसिआर रिपोर्ट देखाउन भनेपछि मानिसहरू टेकु लगायत अस्पतालमा रातिदेखि नै लाइनमा उभिएर कोरोना परीक्षण गराउँदा भिड बढेको छ ।

ताजा अपडेट