Share:

Share on facebook
Share on twitter
Share on linkedin

केएमसी पूर्व विद्यार्थी संघको आयोजनामा सिरहाको लहान अस्पतालमा एक दिने निःशुल्क मुटृरोग सम्बन्धी स्वास्थ्य शिविर संचालन भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर तथा पाटन अस्पतालमा कार्यरत अनुभवी तथा दक्ष चिकित्सकहरुको संलग्नता रहेको थियो । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण सँगसँगै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरबाट विशेषगरी सिरहा जिल्लाका मुटु रोगीहरुले स्वास्थ्य लाभ लिएका छन् । इसिजी, इको र ल्याबको सेवा समेत रहेको उक्त निःशुल्क स्वास्थ्य शिविरबाट करिब ४०० जना बिरामीले प्रत्यक्ष लाभ लिएका आयोजक संस्थाका अध्यक्ष डा अच्युतशाली घिमिरेले जानकारी दिनुभयो । उक्त शिविरमा ६० वटा इको र २०० जति इसिजी गरिएको थियो । मुटुरोग विशेषज्ञ डा राजेशकुमार शाह एवं डा सञ्जयकुमार शाह, डा कविता घिमिरे, डा आशिष कडारिया, डा अञ्जनीकुमार शाहको प्रत्यक्ष चेकजाचँबाट बिरामी लाभान्वित भएका थिए ।

ताजा अपडेट