Share:

Share on facebook
Share on twitter
Share on linkedin
Bharat Mohan Adhikari hospital stay

पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीलाई मेडिसिटी अस्पतालबाट बिहिबार ह्याम्स अस्पताल, धुम्बराहीमा सारिएको छ । बिगत एक महिनादेखि छातीमा समस्या आएका कारण अधिकारी मेडिसिटि अस्पतालमा उपचाररत थिए । उपचारमा केहि सुधार नआएपछि परिवारले ह्याम्स अस्पताल पुर्याएको हो ।

ह्याम्स अस्पतालको आइसियु कक्षमा उपचारत अधिकारीको स्वास्थ्यमा केहि सुधार आएको अस्पतालका निर्देशक आरएस भन्डारीले जानकारी दिए ।
आरएस भन्डारी
निर्देशक, ह्याम्स अस्पताल

बिगत १ महिना देखी मेडिसिटी अस्पतालमा उपचाररत अधिकारीको उपचार सन्तोषजनक नरहेकोे भन्दै नेकपाका केहि नेताले आपत्ति जनाएका थिए । अधिकारीको उपचार भैरहँदा पनि अस्पतालले कुनै सूचना तथा उपचार बुलेटिन ननिकालकोे भन्दै सामाजिक संजाल मार्फत पनि बिभिन्न टिक्का टिप्णी चलिरहेकोछ ।।

ताजा अपडेट