Share:

Share on facebook
Share on twitter
Share on linkedin
pharmaceutical discussion program

नेपाल फर्मास्युटिकल एसोसिएसनको आयोजनामा शुक्रबार राजधानिमा सम्मान तथा अत्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीवनजल विकाशको ५० औ वार्षिकोत्सबको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा ओरल रिहाईड्रेशन थेरापी अर्थात जीवनजलका पिताका नामले परिचित अमेरिकि वैज्ञानिक तथा चिकित्सक डाक्टर डेविड आर. नलिनलाई सम्मान गरिएको थियो । २६ वर्षको उमेरमै झाडापखाला तथा हैजाको रोकथामका लागी जीवनजलको आविष्कार गरि उनि विश्वभरि नै प्रख्यात भएका ब्यक्ति हुन । उनी भ्याक्सिनको प्रयोगले नन् कम्युनिकेबल डिजिज अर्थात नसर्ने रोग न्युनिकरण तथा निर्मुल गर्न सकिन्छ भन्ने विषयको खोजमा पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने वैज्ञानिकमा पर्दछन् । नेपाली औषधि उत्पादक कम्पनि भेगा फर्मास्युटिकल्स प्रा. लि. का मानार्थ सल्लाहकार समेत रहेका उनि नेपाल आएको र जीवनजलको ५० औ बार्षिकोत्सवको अवसर पारी यो कार्यक्रमको आयोजना गरिएको नेपाल फर्मास्युटिकल एसोसिएसनका प्रचार सचिव संजिव शर्मा कटेलले जानकारी दिए ।
कार्यक्रमा काठमाडौँ त्रिभुवन युनिभर्सिटीका प्रोफेसरहरु, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा बिभाग तथा औषधि व्यवस्था विभागका अधिकारीहरु, औषधि उत्पादकहरु आदिको समेत उपस्थिति रहेको थियो ।

ताजा अपडेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चिनियाँ एपहरु टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउन कार्यकारी आदेश

श्रावण २३, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपहरु टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा

नुवाकोटका स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिमसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक तथा सार्वजनिक सेवा प्रवाहमा कटौती

श्रावण २३, नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र