Share:

Share on facebook
Share on twitter
Share on linkedin
प्रा.डा. ज्ञानेन्द्र गिरीमा संक्रमण

भदौ ३०, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपकुलपति डा.गिरीको सोमबार साँझ पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उहाँले बिपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै सम्पूर्ण सुरक्षा उपायहरू अपनाउँदा अपनाउँदै पनि आफुमा संक्रमण भएको जनाउनुभएको छ । डा. गिरीसँग सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराएर सजगता अपनाउन समेत उहाँले अनुरोध गर्नुभएको छ ।
त्यस्तैगरी ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार राति आएको रिपोर्टमा कोरोना पुष्टि भएको मेयरले बताउनु भएको छ । कोरोना संक्रमण पुष्टि भए सँगै हाल मेयर इमाडोलस्थित किष्ट मेडिकल कलेजमा भर्ना हुनुभएको छ ।

ताजा अपडेट