Share:

Share on facebook
Share on twitter
Share on linkedin

नेपाल मेडिसिटी अस्पतालले आईतबार फर्माकोभिजीलेएन्स तथा बिरामी सुरक्षा विषयमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा भैरहवाको युनिर्भसल मेडिकल कलेजका प्रोफेसर डा.आर.एमपीर्यानी तथा कतार विश्वविद्यालयका प्रोफेसर डा.इजहामबीन मोहम्मदको मुख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रोफेसर डा. आर.एम पीर्यानीले मेडिकल क्षेत्रमा त्रुटि हुन सक्छन् तर त्यसको न्यूनीकरण अति आवश्यक रहेको र यसलाई अध्ययन गरी सहि ढंगले निराकरण गर्न जरुरी रहेको बताएका छन् । यसका साथै प्रोफेसर डा. इजहामबीन मोहम्मदले बिरामीहरुको सुरक्षा र आफ्नो स्थानीयतहसंग अन्र्तराष्ट्रिय स्तरलाई जोड्ने सक्ने प्रेरणादायी सन्देश दिएका छन् ।
उक्त कार्यक्रममा देशभरका फर्मासिष्ट तथा यस क्षेत्रसगँ सम्बन्धित थुप्रै व्यक्तिहरुको सहभागिता रहेको थियो । यस्ता सम्मेलन तथा अन्र्तक्रिया कार्यक्रम फार्मेसिको क्षेत्र विकासका लागि आवश्यक देखिन्छ ।।

ताजा अपडेट