Share:

Share on facebook
Share on twitter
Share on linkedin
बेलायतमा नराम्रो दिन आउन सक्ने

असोज ६, बेलायतका स्वास्थ्य सल्लाहकारहरुले देशमा कोरोना भाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन् । महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउन सक्ने भन्दै उनीहरुले सोमबार चेतावनी दिएका हुन् । कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने उनीहरुको विश्लेषण छ । दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर सङ्क्रमितहरुको सङ्ख्यामा बृद्धि हुदै गइरहेको र पहिलो चरणको भन्दा तीव्र भएको उनीहरुको भनाइ छ । त्यो महामारीको फैलावट रोक्नका लागि पहिलाको भन्दा तीव्र र प्रभावकारी उपायहरु अवलम्बन गर्नु पर्नेमा प्रमुख बैज्ञानिक अधिकृत पात्रिक भलान्सले जोड दिएका छन् । बेलायतमा चिन्ताजनक अवस्था बढ्दै गएकाले प्रधानमन्त्री बोरिस जोनसोनले पनि यसै हप्ता थप प्रतिवन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएको बताइएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ ।

ताजा अपडेट