Share:

Share on facebook
Share on twitter
Share on linkedin

जेठ ८ गते : भारतमा कोरोना भाइरसका ४५ हजारभन्दा बढी संक्रमित निको भएका छन् । यहाँका १ लाख १२ हजार तीन सय ५९ संक्रमित भएकोमा ४५ हजार ३ सयले स्वास्थ्यलाभ गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ५ हजार ५ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १३२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । र त्यस्तै गरेर भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ हजार २९७ पुगेका छन् ।

ताजा अपडेट

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन

गत जेठ १ देखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदानेका ४१ बर्षिय पुरुषको आज विहान ज्यान भए सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ

पत्रकारलाई पनि संक्रमण

वीरगन्जमा दुई जना पक्रकारमा संत्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ