Share:

Share on facebook
Share on twitter
Share on linkedin

जेठ ८ गते : दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज देखि पुनः सम्पूर्ण स्वास्थ्य सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा बुधबार देखि सेवा बन्दको विज्ञप्ति निकालेर सेवा बन्द गरेको प्रतिष्ठानले सबैतिरबाट विरोध आएपछि सेवा पुनःसञ्चालन गरेको हो । प्रतिष्ठानले कोरोनाका बिरामी नआउँदा सम्मका लागि सेवा शुरु गरिएको विज्ञप्तिमा जनाएको छ । प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको अन्तरंग र बहिरंग दुवै सेवा बुधबार पूर्ण रुपमा बन्द भएका थिए । प्रतिष्ठानमा कोरोना प्रयोगशाला र आइसोलेशन वार्ड सञ्चालनमा छन् । हाल प्रतिष्ठानमा करीब ३० विशेषज्ञ चिकित्सक र एक सय स्वास्थ्यकर्मी कार्यरत छन् जहाँ दैनिक करीब चार सय बिरामी नियमित स्वास्थ्य सेवा लिन आउने गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

ताजा अपडेट

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन

गत जेठ १ देखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदानेका ४१ बर्षिय पुरुषको आज विहान ज्यान भए सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ

पत्रकारलाई पनि संक्रमण

वीरगन्जमा दुई जना पक्रकारमा संत्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ