Share:

Share on facebook
Share on twitter
Share on linkedin
लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट

श्रावण २१, लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको हाल सम्म बताइएको छ । गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको बताइएको छ । त्यहाँ २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट रहेको थियो । सामाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले बताएअनुसार गोदाम घर वरपरका भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् । विष्फोट यति भयानक थियो कि त्यसको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो । विष्फोट कसरी भयो भन्ने जाँच भइरहेको अधिकारीहरुले बताएका छन् ।

ताजा अपडेट