Share:

Share on facebook
Share on twitter
Share on linkedin
विश्वभर एकै दिनमा थपिए ३ लाख भन्दा बढी कोरोना संक्रमित

भदौ २९, पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का तीन लाख सात हजारभन्दा बढी संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख सात हजार ९३० नयाँ संक्रमित थपिएका हुन् । यो संख्या एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि सेप्टेम्बर ६ मा तीन लाख ६ हजार ८५७ नयाँ संक्रमित फेला परेका थिए । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको कारण पाँच हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको छ । यससँगै विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या नौ लाख १७ हजार ४१७ पुगिसकेको छ ।

ताजा अपडेट