Share:

Share on facebook
Share on twitter
Share on linkedin

वैदिक विज्ञानलाई आधुनिक समयमा कसरी अपनाउने भन्ने बिषयमा केन्द्रित रहेर नेपाल महर्षि वैदिक फाउण्डेशनको आयोजनामा ३ दिने वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलन सम्पन्न भएको छ ।
अन्र्तराष्ट्रिय महासम्मेलनमा आधुनिक विज्ञानको उपलव्धिहरुमा आधारित भएर कसरी वैदिक विज्ञानले जीवनका सिद्घान्तहरुलाई जीवन्त बनाएको छ र समाजको प्रत्येक क्षेत्रमा लागूतुल्य बनाई यस ब्रह्माण्ड तथा समाजलाई आलोकित गरेको छ भन्ने जानकारि दिनका लागि कार्यक्रमको आयोजना गरेको आयोजकको भनाई छ । वैदिक विज्ञान तथा आधुनिक विज्ञानले वैदिक परम्परा अनुसार सँगै प्रकृतिको नियमानुकुल जीवनलाई सामन्जस्य गर्न सक्नेछ भन्ने ज्ञान दिएको आयोजकले जानकारी दिएको छ । सम्मेलनमा वैदिक विज्ञान र स्वास्थ्यको अन्तरसम्बन्धको बारेमा विस्तृत प्रस्तुति भएको विज्ञले बताएका छन् ।
शरिरलाई स्वास्थ्य नबनाई कुनै पनि कर्म गर्न नसकिने वैदिक विज्ञहरुको भनाई छ । नेपालको उर्वर भुमि विभिन्न बिषादिको प्रयोगले दुषित भएका कारण वैदिक कृषिको पनि थालनी गनुपर्नेमा वैदिक विज्ञहरुले जोड दिएका छन् ।
महासम्मेलनको उद्घाटन सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीबाट भएको थियो । उक्त महासम्मेलनमा नेपाल, भारत, अमेरीका, क्यानडा तथा युरोप लगायतका आधुनिक वैज्ञानिकहरू, वैदिक विज्ञहरू र विशिष्ट सन्तहरूले भाग लिएका थिए । अन्र्तराष्ट्रिय महासम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा सम्पन्न भएको थियो ।।

ताजा अपडेट