Share:

Share on facebook
Share on twitter
Share on linkedin

देशभरका शिवालयमा धुमधामका साथ पूजा गरि महाशिबरात्री पर्व मनाइदै छ । काठमाण्डौको धार्मिकस्थल पशुपति मन्दिरमा पुजा गर्नेको बिहानै देखि घुँइचो लागेको छ । हिन्दु नेपालीहरुले बिषेश पर्वका रुपमा शिव भगवानको पुजा गर्ने र वर्त बस्ने परम्परा रहेको छ । पुजाआजा गरेसँगै शिवको प्रसादका रुपमा कतिपयले गाँजा, भाङ खाने गर्दछन ।


नेपालको धेरै क्षेत्रमा गाँजा प्राकृतिक रूपमा नै उम्रिन्छ । विश्वका केहि मूलुकमा बैधानिकता पाएको यो वनस्पतिमा औषधीय गुण समेत हरेको प्रमाणित भइसकेको छ । नेपालमा पनि गाजाँलाई बैधता दिनुपर्ने आवाज सदन सम्म उठिसकेको छ ।
बिरोध खतिवडा
सांसद, नेपाल कम्युनिस्ट पार्टी


गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन । गाँजालाई लागू औषधीको रुपमा प्रयोग गर्नेको संख्या बढ्दो क्रममा छ । गाँजालाई औषधिको रुपमा प्रयोग गर्नसके बिभिन्न रोग निको हुने एसिएन कलेजका प्रध्यापक तथा फर्मासिस्ट केशव ढकालको भनाई छ ।
केशव ढकाल
प्रध्यापक तथा फर्मासिस्ट, एसिएन कलेज


गाँजा शिवरात्रीको अवसरमा शिव भगवानको प्रसादका रुपमा मानिसहरुले खाने गर्दछन । स्वास्थ्यको हिसाबले राम्रो मानिए पनि यसको गलत प्रयोग हुदै गएको पाइन्छ । कतिपयले गाँजालाई बिषका रुपमा बुझने गरेको र गाँजा सेवन गर्न नहुने बताउँछन ।
गाँजा सेवन गरेको केही मिनेट देखी लाग्न थाल्छ र आधा घन्टा भित्र चरम बिन्दुमा पुग्छ । यसको प्रभाव दुई तीन घन्टा सम्म हुन्छ तर सेवनको मात्रामा भरपर्दछ । हरेक व्यक्तिको आ आफ्नो गुणको आधारमा हरेक व्यक्तिमा गाँजाको असर फरक फरक देखिन्छ । औषधिय गुण भएता पनि सेवनको मात्रा अत्यधिक हुँदा मानव स्वास्थ्यमा यसको असर नकारात्क पर्दछ ।।

ताजा अपडेट