श्रावण २२, बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोररबिजोर प्रणाली लागू भएको छ । अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोररबिजोर प्रणाली लागू भएको गृह मन्त्रालयले बताएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोररबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन हुने छन् । अब उपत्यकामा जोर गतेका दिन जोर नम्वरका सवारीसाधन र बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन चल्न पाउनेछन् । त्यस्तै मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न सबै जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई गृहले निर्देशन दिएको छ । साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्न गृहले भनेको छ ।
डोनाल्ड दम्पती कोरोना संक्रमित
असोज १६, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना संक्रमण देखिएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार