Share:

Share on facebook
Share on twitter
Share on linkedin
सहकारी संस्थाको ब्याजदर घट्यो

असोज ६, सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो । यसअघि सहकारी संस्थाहरुका लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा २०७७ कात्तिक १५ गतेदेखि लागु हुने गरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिएका छन् ।
त्यस्तैगरी निषेधाज्ञा खुला भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि बढेको छ । पछिल्लो एक सातामा मात्रै २७ वाणिज्य बैंकहरुले ९ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेका छन् । संघले दिएको जानकारी अनुसार हालसम्म वाणिज्य बैंकहरुको २९ खर्ब १३ अर्ब रुपैयाँ ऋण लगानीमा रहेको छ । भदौ २६ सम्म यी बैंकहरुको ऋण लगानी २९ खर्ब ४ अर्ब रुपैयाँ थियो । असोज २ गतेसम्म आइपुग्दा ९ अर्ब रुपैयाँले बढेर २९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको हो ।

ताजा अपडेट