Share:

Share on facebook
Share on twitter
Share on linkedin
स्पेनमा लकडाउन गर्ने आदेश

असोज १५, स्पेनको सरकारले कोरोना संक्रमण बढेको भन्दै राजधानी शहर मड्रिड र आसपासका क्षेत्रमा लकडाउन गर्ने आदेश दिएको छ । लकडाउनका नयाँ प्रतिबन्ध अनुसार त्यहाँका बासिन्दाहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा हिँडडुल गर्न पूर्णरूपमा निषेध गरिएको छ । यध्यपी मड्रिडको क्षेत्रीय सरकारले लकडाउन कानुनीरूपमा मान्य नभएको बताएको छ । स्पेनमा बितेका सातामा भेटिएका १ लाख ३३ हजार ६ सय ४ जना संक्रमितमध्ये झण्डै एक तिहाई बृहत्तर मड्रिड क्षेत्रबाट रहेका छन् । बुधबार स्पेनका अधिकाशं क्षेत्रीय सरकारले १ लाख भन्दा बढी बासिन्दा भएका क्षेत्रमा तीन वटा आधारहरू पुष्टि भए लकडाउन गर्न सकिने पक्षमा मतदान गरेका छन् । क्षेत्रीय सरकारहरू प्रति १ लाख ५ सय संक्रमित फेला परेमा, आईसियूमा विरामीको संख्या ३५ प्रतिशत भएमा र १० प्रतिशतको कोरोना परीक्षण ’पोजेटिभ’ आएमा लकडाउन गर्न सकिनेमा सहमत भएका हुन् । महामारीका बेला स्पेनमा ३१ हजार ४ सय ११ जना मानिसले कोरोनाका कारण ज्यान गुमाएका थिए भने देशभर ७ लाख ४८ हजार मानिसहरू संक्रमित भएका थिए । विश्व स्वास्थ्य संगठनले यसै साताको सुरूमा युरोपियन मुलुकमा संक्रमणमा चिन्ताजनक वृद्धि देखिएको बताएको थियो ।

ताजा अपडेट