Share:

Share on facebook
Share on twitter
Share on linkedin
१८ प्रतिशत अस्पतालकै स्वास्थ्यकर्मी संक्रमित

भदौ १२, दैनिक कोरोना सङ्क्रमितको संख्या बढ्दै जाँदा जिल्लाका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बढी प्रभावित हुदैँ गएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बुधबार रातिसम्म आएको सङ्क्रमितको तथ्याङ्कमा १८ प्रतिशत अस्पतालकै स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ४७१ मध्ये ८५ जना स्वास्थ्यकर्मी छन् । संक्रमितहरु जिल्लाका विभिन्न अस्पतालमा कार्यरत हुन् । सोमध्ये सबैभन्दा बढी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका २६, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजका १६ जना रहेका छन् । भरतपुर अस्पतालका १५, नारायणी सामुदायिक अस्पतालका तीन, स्थानीय क्लिनिकका तीन र सेन्ट्रल अस्पतालका दुई जना रहेका छन् । त्यस्तै रत्ननगर बकुलहर अस्पताल, मौलाकालिका अस्पताल, मनकामना अस्पताल र बाहिरी जिल्लाका सरकारी अस्पतालमा काम गर्ने एक÷एक जना स्वास्थ्यकर्मी रहेको पौडेलले जानकारी दिएका छन् । बिरामीमा सङ्क्रमण नहोला भन्ने अनुमान गर्दै स्वास्थ्यकर्मीले सुरक्षाकवज प्रयोग नगर्दा पनि सङ्क्रमण फैलिएको उनिहरुले अनुमान गरेका छन् ।

ताजा अपडेट