Share:

Share on facebook
Share on twitter
Share on linkedin
अफगानिस्तानका करिब एक तिहाइ जनसंख्यामा कोरोना भाइरसको संक्रमण हुन सक्न

श्रावण २२, अफगानिस्तानका करिब एक तिहाइ जनसंख्या अर्थात् करिब एक करोड मानिसमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने एक सर्वेक्षणले देखाएको छ । बुधबार अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आकलनले यस्तो देखाएको हो । अफगानिस्तानभरका नौ हजार पाँच सयभन्दा धेरै मानिसहरुमा गरिएको एन्टिबडी परीक्षणबाट यस किसिमको आकलन गरिएको हो । यो सर्वेक्षा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्राविधिक सहयोगमा गरिएको हो । यो सर्वेक्षणमा ३१ दशमलव ५ प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमध्ये सबैभन्दा बढी संक्रमणदर राजधानी सहर काबुलमा देखिएको छ । ५० लाख जनसंख्या रहेको अफगानिस्तानका आधा मानिसमा कोरोना भाइरसको संक्रमण रहेको हुन सक्ने बताइएको छ । तीन करोड २० लाख मानिसको जनसंख्या रहेको यो मुुलुकमा निकै सीमित कोरोना परीक्षणको क्षमता छ । आधिकारिक रुपमा अहिलेसम्म ३६ हजार संक्रमित फेला परेका छन् र एक हजार दुई सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

ताजा अपडेट