एक सय २८ वर्ष देखि सेवा दिदै आईरहेको वीर अस्पतालको स्वरुप यतिखेर परिवर्तन गरिदैछ । वर्षैभरी व्यस्त रहेने अस्पतालमा व्यवस्थापन र सरसफाईका अभाममा बिरामी र तिनका आफन्तले सास्ती भोग्दै आएका थिए । तर अब भने त्यस्तो समस्या हटने देखिन्छ, स्वास्थ्य मन्त्रालयको अगुवाईमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वैशाख २४ गतेदेखि वीर अस्पताल सरसफाईको अभियान शुरु गरेको छ ।
स्वास्थ्य राज्यमन्त्रि पद्या अर्याल, सरसफाई दुत तथा सामाजिक अभियन्ता सीताराम कट्टेल, वागमती सरसफाई अभियानकर्मी खेम शर्मा र उक्त अस्पतालमा कार्यरत कर्मचारीहरु पनी यस अभियानमा सरिक छन् । पन्ध्र दिन भित्रमा सरसफाई गरी सक्ने लक्ष्यराखि अस्पताल परिसरमा द्रुत गतिमा काम भईरहेको साथै ट्रमा सेन्टरको सरसफाईको योजना पनि रहेको वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र कुमार बस्नेतले बताका छन् ।
नेपालकै जेठो विर अस्पतालकोे अवस्था निकै दयनिय रहदै आएको थियो । अस्पताल परीसरमा सरसफई नभएकाले गन्हाउने र विरामिको चापले शैया अभावमा मानिसहरुको अस्पतालप्रतिको दुष्टिकोण पनि नकारात्मक दखिन्थ्यो । तर सरसफाई अभियानले भने अस्पतालमा केहि परिर्वतन आउने सेवाग्राहिको धारणा छ ।
वीर अस्पतालमा सञ्चालित सरसफाई अभियान सकिएपछि त्यसको निरन्तरता दिने जिम्मेवारी अस्पतालकै कर्मचारीहरुलाई हस्तान्तरण गरिने बताइएको छ । समय समयमा सरसफाई गर्नुका साथै अस्पताल परीसरलाई दुर्गन्धित हुन नदिन ट्रयासविनको व्यवस्था गर्न सके आम सेवाग्राहि सामान्य उपचारकालागि सफा र व्यवस्थित भनिएका महंगा अस्पताल धाउनु पर्ने समस्या टर्ने देखिन्छ ।
Casigo casino review in Canada
TOP ONLINEGAME ≡ Offers Sports My Account Answers Casigo casino review in Canada Curious about


