Share:

Share on facebook
Share on twitter
Share on linkedin

काठमाडौंको माइतिघर स्थीत अन्नपुर्ण न्युरो अस्पतालले बिरामिलाई आर्थिक सहयोग गर्न एउटा नयाँ योजना बनाएको छ । बिरामीलाई भेट्न आउने आफन्तहरुले फलफुल , जुस , बिस्कुट जस्ता खाने कुराको सट्टा शिघ्र स्वास्थ्य लाभ कार्ड दिने योजना रहेको अस्पतालले जनाएको छ ।

 

बिरामीका आफन्तले अस्पतालको फार्मेसी मार्फत् कार्ड खरिद गर्न सक्छन् जसको मूल्य २ सय ५०, ५ सय र हजार तोकिएको छ । कार्डको पछाडि रहेको खाली भागमा शिघ्र स्वास्थ्य लाभको सन्देश लेखेर बिरामीलाई दिन सकिन्छ । त्यसरी बिरामिलाई भेट्न आउदा लेराएको कार्डको संख्या अनुसार बिरामि डिस्चार्ज हुने क्रममा, अस्पतालको काउन्टरमा बुझाउँदा कार्डको मूल्य बराबरको रकम अन्तिम बिलबाट छुट पाउने अस्पतालले जनाएको छ । बिरामिलाई भेटन आउदा लेराएको खाने कुरा बिरामिले खान नहुने भएकाले, बिरामिलाई उपचारमा आर्थिक सहयोग गर्न यो योजना लेराएको अस्पतालका चिकित्सकले बताएका छन् । 

अस्पतालले यो योजना सुरु गरेको केही समयमानै निकै सफल भएको जनाएको छ । बिरामी तथा बिरामी पक्षले पनि अस्पतालको यो योजना मार्फत् पाएको आर्थिक सहयोगले निकै राम्रो भएको बताएका छन् ।
नेपालमा रहेका अन्य अस्पतालहरुले पनि यस्तै योजनाको अनुसरण गर्दै बिरामीलाई आर्थिक सहयोग गर्ने हो भने आर्थिक अवस्था कमजोर भएका बिरामी पक्षलाई एक प्रकारको आर्थिक बोझ घटाउन ठूलो मद्दत पुग्ने छ ।

ताजा अपडेट