Share:

Share on facebook
Share on twitter
Share on linkedin

 

शरिरलाई स्वस्थ्य र क्रियाशिल बनाउनका लागि आजभोली मानिसहरु अनेकौ प्रकारका शारिरिक व्यायाम प्रति आकर्षित हुन थालेका छन् । आफ्नो स्वास्थ्यप्रति आम मानिसहरु कति सचेत हुदै गएका छन् भन्ने, यहि दृश्यबाट सहजै बुझ्न सकिन्छ । आजभोली हरेक बिहान राजधानीको, टुडिखेल, नक्साल र भृकुटिमन्डप लगायतका खाली स्थानमा व्यायाम गर्न आउनेहरुको भिड देख्न सकिन्छ ।

पारिवारिक वातावरणमा आत्मीयता साट्दै व्यायाममा रमाउने हरेकको दिनचर्या बनिसकेको छ । वृद्ध, युवा तथा वयस्क, हरेक उमेर समुहका मानिसका लागि व्यायाम पहिलो रोजाई बन्न थालेको छ । दैनिकिलाई उजार्मय बनाउन र रोगबाट बच्नका लागि मर्निङ वाक, एरोविक, योग र जुम्बाले औषधीको काम गरेको राजधानी वासीहरुको अनुभव छ ।
शहरी जीवनशैली, धुवा धुलोयुक्त वातावरण, शारिरिक भन्दा बढी मानसिक रुपमा व्यस्त हुने मानविय कृयाकलाप र विषादीयुक्त खानेकुराले हाम्रो स्वास्थ्य दिनानुदिन बिग्रिदै गएको छ । फलस्वरुप उच्च रक्तचाप, मधुमेह, ग्याष्ट्रिक जस्ता रोग पेवै बनिसकेका छन् । सुन्दा साधारण लाग्ने यस्ता रोगहरु प्राणघातक भएको तथ्यबाट आम मानिसहरु सचेत हुने क्रम बढिरहेको कुरा शारीरिक व्यायामका लागि हरेक बिहान जम्मा हुने मानिसहरुको भिडबाट सहजै अनुमान लगाउन सकिन्छ । व्यायाम गर्ने समय र तरिका मौसम अनुसार फरक फरक हुन्छ । व्यायाम गर्ने तौरतरिकालाई मौसमअनुकुल बनाउन र व्यायाममा निरन्तरता दिन उमेर र शारिरक बनावटका आधारमा व्यायाम रोज्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।


पछिल्लो समयमा स्वस्थ्य नै मानिसको ठुलो धन हो भनि आम मानिसहरुले बुझ्न थालेका छन् । शरिरलाई उजार्वान बनाउनका लागि महत्वपुर्ण शारिरक व्यायाम गर्ने तरिका र समय मौसम अनुकुल बनाउन सके यसबाट अझ बढी फाईदा लिन सकिन्छ ।।

ताजा अपडेट