हेल्थ टेलिभिजन
काठमाडौं , चैत ३
यी हुन ओखल ढुङ्गगाका ८ वर्षिय फुर्वा तमाङ्ग । उनि अहिले कक्षा १ मा पढ्छन् । तर अन्य बालबालिकाको जस्तो समान्य जीवन भने उनको पकै पनि छैन । किन भने उनको अनुहारको आदि भाग ओगटेको कोठीले उनलाई समान्य जीवन बाँच्न दिरहेको छैन । उनलाई देख्ने बित्तिकै मानिसहरुले गर्ने प्रतिक्रियाले पनि उनलाई अप्ठ्यारो र असहज महसुस हुने गरेको छ । त्यसैले गर्दा पनि होला उनले हाम्रो सामु आफ्नो अनुहार देखाउन चाहेनन् । तर त्यो स्वभाविक पनि हो । बाल्यकाल देखिनै मानिहरुले आफुलाई गरेको व्यवहारले गर्दा , फेरी कसैले केहि भन्दिने पो हो कि भन्ने भावनाले उनले यस्तो व्यवहार देखाएका हुन् । उनलाई हामिले धेरै प्रश्नहरु गरेका थियौ तर उनले जवाफ दि रहेका थिएनन् , जुन उनको व्यवहारले प्रस्ट पारी रहेको थियो ।
जन्मजातै लिएर आएको यो चिनोले फुर्वालाई निकै पिरोली रहेको छ । उनको जन्मिदा खेरीनै निधार देखि नाकको बिच भागसम्म एउटा लामो कालो कोठी थियो । तर अहिले त्यो कोठीले उनको आधा अनुहारनै ढाकिदिएको छ । त्यो कोठिले उनको अनुहारको छालालाई मात्र नभएर उनको देब्रे आखालाई समेत ढाकिदिएको छ , जस्ले गर्दा उनि एउटा मात्र आखाँले हेर्न सक्छन् । चिकित्सकका अनुसार फुर्वालाई यस्तो हुनुको प्रमुख कारण भनेको एउटै परिवारको आफन्त जस्तै मामाको छोरा÷छोरी, काकाको छोरा÷छोरी जस्ता नाता पर्ने व्यतिmहरुसंग विवाह गरेमा, अथवा एउटै जिन भएको व्यतिmसंग विवाह गरेका बच्चाहरुमा यस्तो समस्या आउन सक्छ ।
फुर्वालाई उपचारको लागि काठमाडौं सम्म लिएर आउनुमा समाज सेवी सानुबाबु नगरकोटिको ठुलो हात छ । ओखलढुङ्गामा उनले फुर्वालाई विद्यालयमा देखेका थिए । उनको अनुहारमा भएको कोठीलाई देखे पछि उनले फुर्वाको उपचार गराउने निधो गरेका हुन् । उनले फुर्वालाई किन र कसरि मद्धत गरेको भन्ने बारेमा आफ्नो कुरा यसरी बताउछन् ।
११ जना परिवारमा हुर्केका फुर्वा, पिता पदम बहादुर तमाङ्ग र आमा मनमाया तामाङ्गका ४ छोरी पछिका सन्तान हुन् । आफुले गाँउमा ज्यामी काम गर्ने गरेको र श्रीमतीले खेतालो गएर कमाएको पैसाले घर धान्न नसेको उनि बताउछन् । फुर्वाको अनुहारमा भएको जस्तो दाग परिवारको अन्य सदस्यलाई नभएको उनले बताएका छन् । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकाले छोरालाई के भएको भनेर जान्नलाई उनले एक पटक पनि फुर्वालाई चिकित्सक कहाँ लगेनन् । तर सानुबाबु नगरकोटिले छोराको उपचार गराइदिन्छु भने पछि , उनि त्यही आसाले छोरालाई लिएर काठमाडौं आएका हुन् ।
चिकित्सकका अनुसार मानिसमा भएको सामान्य किसिमको कोठी क्यान्सरमा परिणत नहुने भएपनि , गर्भासयमा हुदा नै उत्पन्न भएको कोठी भने पछि गएर क्यान्सरमा परिणत हुन सक्छ । समान्य तय कोठी तीन प्रकारको हुन्छ , धेरै सानो कोठी जुन २ सेन्टिमिटर लामो हुन्छ भने मध्ययम कोठी २ देखि २० सेन्टिमिटर लामो हुन्छ, र निकै ठुलो कोठी २० सेन्टिमिटर भन्दा लामो हुन्छ । फुर्वाको अनुहारमा भएको कोठीको अवस्था हेर्ने हो भने ४० देखि ५० सेन्टिमिटर लामो छ । चिकित्सकका अनुसार कोठी जति ठुलो भयो त्यतिनै क्यान्सर हुने सम्भावना बढि हुन्छ । त्यसैले फुर्वाको अनुहारमा भएको कोठी, फुर्वा १५ वर्षको हुनु भन्दा पहिलेनै उपचार गर्नु पर्ने चिकित्सकको भनाइ छ ।
ओखलढुङ्गाको एमदमै बिकट ठाँउ पोखलीमा बसोबास गर्दै आएका फुर्वाको परीवारले निकै संघर्ष गरि जीवन बिताई रहेका छन् । तर यि त प्रतिनिधि पात्र मात्र हुन , यस्ता अन्य थुप्रै बिरामीहरु हुन सक्छन् जसले समयमै सहि उपचार पाएका छैनन् । फुर्वाले पनि समयमै उचित उपचार पाएको भए , आज यो अवस्था सृजना हुदैन थियो । तर जे होस, फुर्वाले अहिले पाएको सहयोगले उनको जीवन अन्य बालबालिकाको जस्तै समान्य हुन्छ भनि आस गर्न सकिन्छ ।

