असोज १६, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना संक्रमण देखिएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार बिहान आफू र श्रीमती मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको जनाएका छन् । वरिष्ठ सल्लाहकार होप हिक्समा कोरोना भाइरसको संक्रमण देखिएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीमा संक्रमण पुष्टि भएको हो । राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत कोरोना परीक्षण रिपोर्टमा आफूहरुको रिपोर्ट पोजेटिभ आएको बताएका छन् । यसअघि उनले शुक्रबार बिहान ट्विटरमार्फत होप हिक्सलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गर्दै आफूहरु क्वारेन्टिनमा बसेको जानकारी दिएका थिए । होप हिक्सलाई मंगलबारको ‘प्रेसिडेन्सियल डिबेट’ अघि र मिनेसोटामा सम्पन्न चुनावी अभियानका दौरान राष्ट्रपति ट्रम्पका साथ देखिएको थियो ।
Casigo casino review in Canada
TOP ONLINEGAME ≡ Offers Sports My Account Answers Casigo casino review in Canada Curious about