लामो समय देखि पित्तथैलीको क्यान्सरबाट पीडित स्नायु शल्यचिकित्सक प्राध्यापक डा.उपेन्द्र देवकोटाको ६५ बर्षको उमेरमा सोमबार साँझ पाँच बजेर पैँतीस मिनेटमा बाँसबारी स्थित न्युरो अस्पतालमा निधन भएको छ ।
बेलायतको किंग्स अस्पतालमा ६ महिना उपचार गराउँदा पनि निको नभएपछी बैशाख १५ गते नेपाल फर्किएदेखी बाँसबारी स्थित न्युरो अस्पतालमा उनको उपचार भैरहेको थियो । डा.देवकोटाको निधन हुनु भनेको राष्ट्रले प्राज्ञ व्यतिmत्व गुमाएको शुभचिन्तकहरुले बताएका छन् ।
डा.देवकोटाको पार्थिव शरिरलाई श्रद्धाञ्जलीकालागी मंगलबार बिहान आठ बजे देखी १ बजे सम्म न्युरो अस्पतालमा राखिएको थियो । त्यसपछी नारायणगोपाल चोक, रिङरोड, चावहिल हुँदै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ बिधुतीय माध्यम बाट दाहसंस्कार गरिएको छ ।
२०१० साल पुस ४ गते गोर्खाको लिगलिग पण्डित गाउँमा जन्मेका देवकोटाले भारतको आसामबाट एम.बि.बि.एस.र बेलायतबाट शल्यचिकित्सामा एफ.आर.सी.एस.पास गरेका थिए । नेपालको शल्यचिकित्सा क्षेत्रमा डा. देवकोटाको ठूलो योगदान रहेको छ । १२ लाख भन्दा बढी बिरामीको उपचारमा सरिक भएका देवकोटाले २५ हजार भन्दा बढी व्यक्तीको आफैले शल्यक्रिय गरेका थिए । उनको निधनले यतिबेला समग्र देश शोकाकुल बनेको छ ।
Casigo casino review in Canada
TOP ONLINEGAME ≡ Offers Sports My Account Answers Casigo casino review in Canada Curious about