भदौ १४, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम र संक्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै संक्रमित पत्ता लगाइ रोकथाम गर्नका लागि पिसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गर्नुभएको हो । कोभिड–१९ का सामग्री विश्वभरि नै माग भइरहेको अवस्थामा अभाव हुनसक्ने भएकाले शङ्कास्पद र जोखिमका मानिसले मात्र परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको हो । शङ्कास्पद बिरामी, कन्याट्याक्ट ट्रेसिङमा परेका मानिस, निश्चित समुदायमा नमूना परीक्षणका लागि तोकिएका व्यक्तिलाई निःशुल्क परीक्षण सरकारले गर्दै आइरहेको छ । पिसीआर परीक्षण आफूखुशी गर्न चाहनेले सःशुल्क गर्ने व्यवस्था सरकारले मिलाएको छ । पिसीआर परीक्षणका लागि मन्त्रालयले तोकेका प्रयोगशाला र अस्तपालहरुले पाँच हजार ५०० रूपैयाँ शुल्क लिएर गर्ने गर्दछन् । मन्त्रालयले पिसीआर परीक्षणका लागि आवश्यक सामग्री महङ्गो र अभाव भएकाले अनावश्यकरूपमा धेरै परीक्षण नगर्न नगराउन पनि अनुरोध गरेको छ ।
Casigo casino review in Canada
TOP ONLINEGAME ≡ Offers Sports My Account Answers Casigo casino review in Canada Curious about