Share:

Share on facebook
Share on twitter
Share on linkedin
लेबनानको राजधानी बेरुतमा विस्फोटनले हाल झण्डै तीन लाख मानिस विस्थापित

श्रावण २२, लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटन पछि हाल सम्म झण्डै तीन लाख मानिस विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन् । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो । विस्फोटनमा परी एक सय ३५ जनाको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् । करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै टाढासम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्तिको रुपमा लिइएको बताएका छन् ।

ताजा अपडेट