Share:

Share on facebook
Share on twitter
Share on linkedin

फुर्वाको आधि अनुहार ढाकेको कोठिको उचार हुन्छ भन्ने थाहा पाएपछि , त्यहि आसाले काठमाडौं आएका थिए फुर्वा र उनका पिता पदमबहादुर तामाङ । ओखलढुङ्गाको एमदमै बिकट ठाँउ पोकलीमा बसोबास गर्दै आएका तामाङ परिवारले फुर्वाको उपचार हुन सक्छ भनेर सोचेका पनि थिएनन् । तर अहिले पुरै परिवारमा एउटा खुसीको माहोल छाएको छ । किनभने फुर्वाको अनुहारमा भएको त्यो कोठिको सफल उपचार भएको छ । अन्य बालबालिकाको जस्तै गरी सामान्य जीवन बाँच्न नसकेका फुर्वा तामाङ पनि निकै खुसी भएका छन् ।
जन्मजातै लिएर आएको एउटा सानो कोठिले यति ठुलो असर गर्छ भनेर कसैलेपनि सोचेका थिएनन् । उमेरसंगै बढ्दै गएको त्यो कोठिले फुर्वाको जीवनमा मानसिक असर पार्न थालिसकेको थियो । उनि प्राय अरु मानिसको अगाडि आफ्नो अनुहार लुकाएर हिड्ने गर्थे । कसैसंग नबोल्ने , नहाँस्ने र एक्लै बस्ने जस्ता क्रियाकलापले फुर्वाको परिवारमा एक किसिमको मौनता छाइसकेको थियो । तर अब ति सबै समस्याहरुको समाधान भइ सकेको छ ।
छोरा फुर्वाको आधि अनुहार ढाकेको कोठीको सफल उपचार भएपछि पिता पदमबहादुर तामाङ पनि दगं परेका छन् । काठमाडौंमा आएपछि छोराको जीवमा यस्तो परिर्वतन आउँछ भनेर उनले सोचेका पनि थिएनन् । ११ जना परिवारलाई आफ्नै कमाइले पाल्दै आएका उनले फुर्वालाई यस्तो भएपछि एक पटकपनि चिकित्सक कहाँ लान सकेका थिएनन् । आर्थिक अवस्था निकै कमजोर भएका कारणले पनि उनले फुर्वाको उपचार गर्न सकिरहेका थिएनन् ।

फुर्वाको अनुहारमा भएको कोठीको शल्यक्रिया काठमाडौंको किर्तिपुर अस्पतालमा भएको हो । करिब ४ घण्टा लगाएर गरीएको सो शल्यक्रियाले फुर्वाको जीवनको रुपनै फेरी दिएको छ । अब, फुर्वा पनि अन्य बालबालिकाको जस्तै गरी सामान्य जीवन बाँच्न सक्छन् , र अरुको अगाडि आफ्नो अनुहार छोपेर हिड्न पर्ने बाध्यताबाट मुक्त भएका छन् ।
कोठीको सफल शल्यक्रिया भएपनि अझै उनको आँखाको उपचार गर्न भने समय लाग्ने चिकित्सकको भनाई छ । कोठिका कारण एउटा आखाँ समेत देख्न नसक्ने भएका उनको पाल्सटिक सर्जरी गरीे अनुहारमा भएको कोठी हटाइएको हो । तर सर्जरी गरीएको केहि महिना पछि मात्र उनको आँखाको शल्यक्रिया गर्दा राम्रो हुने चिकित्सकको सुझाव छ ।

फुर्वाको अनुहारमा भएको कोठीको उपचार गराउन पाउँदा फुर्वाका बुबा जति खुसी छन् त्यो भन्दा बढी खुसी भएका छन् उनको उपचारका लागि सम्पुर्ण खर्चको जीम्मा लिएर आखलढुङगाबाट काठमाडौंसम्म ल्याइ पु¥याउने समाजसेवी सानुबाबु नगरकोटि ।
अनुहारमा भएको एउटा कोठीले फुर्वाको जीवनमा यसरी असर हुन्छ भनेर कसैले पनि सोचेकै थिएन । त्यो कोठीले फुर्वालाई कति सम्म पिरोलेको थियो भनेर फुर्वा बाहेक कसैले पनि महसुस गर्न सकेका थिएनन् । फुर्वाले समयमै उचित उपचार पाएको भए , आज यो अवस्था सृजना हुदैन थियो । तर जे होस, फुर्वाले अहिले पाएको सहयोगले उनको जीवनमा नयाँ रङ भरीएको छ भनि आस गर्न सकिन्छ ।

ताजा अपडेट