असोज १६, व्यापारिक समूह विशाल ग्रूपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त छानबिनको म्रममा यस्तो पत्ता लागेको हो । म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेशिनसहित बिहीबार विभागले ९ जनालाई रङ्गेहात पक्राउ परेका छन् । उक्त ठाँउबाट स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि पनि पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको भेटिएको वाणिज्य विभागले जनाएको छ । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने लेवलमा खेलबाड गरेको पाइएपछि थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ । खाद्य कानुन अनुसार म्याद सकिएको वस्तु आयातकर्ताले बजारबाट फिर्ता मगाएर नष्ट गर्नुपर्नेमा उनिहरुले म्याद थपिएका सामानहरुमा म्याद थप्ने गरेको भेटिएको छ र यस्तो गर्नु जगन्य अपराध रहेको पनि बताइएको छ ।
Casigo casino review in Canada
TOP ONLINEGAME ≡ Offers Sports My Account Answers Casigo casino review in Canada Curious about